४ आश्विन २०७९, मंगलवार
  • ईश्वर जोशी

संविधानपछिका सात वर्षमा
धेरै परिवर्तन नभएको कहाँ हो र ?

किसानले समयमा मल पाउन छोड्यो
विद्यार्थीले समयमा किताब पाउन छोड्यो
शिक्षित युवाहरुले देश छोडे
विचौलिया जुम्रा जस्तै सलबलाए ।

छोराछोरीले बाआमालाई बृद्धआश्रममा छोडे
भ्रष्टाचारीले धनसम्पतिले घर भरे
शहिद र वेपत्ताहरुका सपना मरे
७५३ वटा सिंहदरवार बने
शाह वशं हट्यो तर धेरै वशं भित्रिए ।

निर्मला, नवराज लगायतका युवायुवती अनाहकमा मारिए ।
देशको सिमाना पिलोजस्तै पाकिरह्यो
अन्तराष्टिय सम्बन्ध एक पायोका डोरीजस्ता बने
राजनीति मात्र सत्तास्वाथका लागि धमिलिरह्यो ।

नेताहरु स्यालजस्तै नेपाललाई लुछिरहे
जनताहरु हत्केलामा दही जमाएर हेरिरहे
चुनावका नाममा राष्टको ढुकुटी रित्याइरहे ।

आँखिर के भएन र सात वर्षमा
खासमा हामी सर्वहाराका लागि के भयो र ?
भएको छ भने भन्नुहोस् ।

-०-

LIVE TV