३ आश्विन २०७९, सोमबार
  • दिलिप सहनी

सिरहा । सिरहा नगरपालिका–७ हेमनारायण चोकस्थित सञ्चालित श्रवण किराना पसलमा म्याद सकिएको दालमोठ फेला परेको छ ।

हेमनारायण चौकमै बस्दै आएका अजित शर्माले श्रवण किराना पसलबाट खरिद गरेको दालमोठको प्याकेट फुटाउदा म्याद सकिएकोरहस्य खुल्यो । शर्माले महावीर फुड्स प्रोड्क्टर चोहर्वा सिरहाले उत्पादन गरेको शुभाषिश ब्राण्डको दालमोठ खरिद गरि ल्याएको थियो ।

‘जहिले पनि थोकमै दालमोठ किन्दै आएको छु । ४ वटा ठुलो प्याकेट खरिद गरी ल्याए । सोही दिन साँझ नास्ता खाने बेलामा प्याकेटफुटाएर खाँदा अर्कै स्वाद लाग्यो,’ शर्माले भने, ‘अरु दिन भन्दा अर्कै स्वाद लागेपछि चेक गर्दै जाँदा २०१९ लेखिएको म्यादलाई मेटाएर२०२२ को स्टाम्प लागेको देखियो ।’

म्याद सकिएको दालमोठ वडा प्रहरी कार्यालयका प्रमुख राजेश यादवले लगीएको शर्माले बताए । लगीएको करिब महिना दिन हुनलाग्यो तर कारवाही के भयो रु छानविन भयो कि भएन रु आफुलाई केही जानकारी नआएको उनले थपे ।

सिरहाको चोहर्वामा सञ्चालित महावीर फुड्स प्रोड्क्टरले उत्पादन गर्दै आएको शुभाषिश ब्राण्डको दालमोठ केही हप्ता अघि मात्र थोकमाखरिद गरेको श्रवण किराना पसलका संचालक श्रवण साहले बताए ।

‘हामी थोकमा किन्छौं । बाहिरी भागमा म्याद देखिदैन्,’उनले भने,‘भित्र के थियो । त्यति बिचार गरिएन थोकमै बेचियो । म्याद सकिएकोदालमोठ परेछ भन्ने कुरा पछि बुझियौं ।’ उनका अनुसार दालमोठ वडा प्रहरीको जिम्मा लगायौं । त्यसपछि के के भयो आफूलाई केही जानकारी नभएको उनले बताए।

म्याद सकिएको दालमोठ उपभोक्ता र किराना पसलबाट ल्याई जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको वडा प्रहरी कार्यालयसिरहाका प्रमुख राजेश यादवले बताए । ‘जानकारी पाए पछि म्याद सकिएको दालमोठ हामीले बुझायौं । हाम्रो काम बुझाउने हो,’उनलेथप्दै भने,‘त्यसबारे थप के भयो भएन् । त्यो सबै कुरा जिल्ला प्रहरीलाई मात्रै थाहा होला । हामीलाई केही थाहा भएन् ।’

म्याद सकिएको दालमोठ फेला परेको घटनाक्रमबारे बुझ्न सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ साहलाई दर्जनौं पटक फोनगर्दा उनको फोन उठेन ।

दालमोठ मात्र नभई यसरी सिरहा बजारमा म्याद सकिएको दैनिक उपभोगका सरसमान फेला परिरहन्छ तर सरोकारवाला निकायले छानविन गरी कारवाही गर्नुको साटो भित्र(भित्रै कुरा बुझेर बुझ पचाउ बन्दै आएको उपभोक्ताहरुले गुनासो गरेका छन् । म्याद सकिएकोसरसमान फेला पर्दा घटना मिलाउनका लागि केही सरोवारवालाले सम्बन्धित संचालकसँग नजराना समेत लिने गरेको उनीहरुको आरोपलगाएका छन् ।

LIVE TV