२ आश्विन २०७९, आईतवार

काठमाडौं । सद्गुरु बचत तथा ऋण सहकारी संस्थाको १२औं साधारण सभा सम्पन्न भएको छ । काठमाडौ बौद्ध रामनगरस्थित सद्गुरु बचत तथा ऋण सहकारी संस्थाले १२ वर्षको अवधिमा विभिन्न ब्यवसाय तथा महिला लक्षित विभिन्न सीप बिकासका कार्यक्रमहरुलाई लक्षित गरेको जनाएको छ ।

काठमाडौ जिल्ला सहकारी संघका अध्यक्ष दीपक पनेरुले सहकारी संस्थाहरुले कायम राख्नुपर्ने अनुसाशन र सहकारीको धर्म र मर्यादाको महत्व दर्शाउदै सद्गुरु सहकारीले निर्वाह गर्न सक्ने भूमिकाको चर्चा गरेका छन् । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर तथा नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति सन्तोष चालिसेले सहकारी संस्थाहरुलाई सकारात्मक सोच र कर्मका साथ लाग्नुपर्ने विचार ब्यक्त गदै महिलाहरुले सञ्चालन गरेका सहकारीमा इमान्दारिता र विश्वसनियता बढी हुने विश्वास ब्यक्त गरेका छन् ।

काठमार्डाैं महानगरपालिका–६ का बौद्धका अध्यक्ष भुवन लामाले सहकारी संस्थाहरुले सहअस्तित्व र सहकार्यको साथ काम गर्न सकेमा सफल हुनसक्ने बताउदै महिला सदस्यको बाहुल्यता रहेको सद्गुरु बचत तथा ऋण सहकारी सस्थालाई स्थानीय सरकारबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । वडा सदस्य नरेन्द्र कुमार थापा (भगवान)ले सहकारीको महत्व र आवश्यकतालाई दर्शाउदै स्थानीय क्षेत्रमा सहकारीले सर्वसाधारण जनताको आर्थिक जीवनमा महत्व भूमिका निर्वाह गर्न सक्ने बताए ।

वडा सदस्य गायत्री पुडासैनीले महिलाहरुको सक्रियतामा सञ्चालनमा रहेको सहकारीले आय आर्जनका कार्यक्रमबाट महिलाको आर्थिक शसक्तिकरणमा सहयोग पुग्ने बिश्वास बताए । सद्गुरु बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष रुम्मिणी चालिसेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाकी सचिव कोपिला अधिकारी चालिसेले सहकारीले विभिन्न तहमा रहेका सर्वसाधारण महिला तथा सहकारीका सदस्यहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेको जनाकारी दिदै वार्षिक प्रगति विवरण प्रस्तुत गरेकी थिइन् ।

त्यस्तै कोषाध्यक्ष रञ्जु खड्काले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक पारदर्शिता र संस्थाको कारोवारमा बारेमा चर्चा गरेका थिइन् । त्यसैगरी सद्गुरु बचत तथा ऋण सहकारी संस्थाकी ब्यवस्थापक शुशिला कार्कीले सहकारीले विभिन्न तहमा रहेको सदस्यहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेको र संस्थाले सदस्यहरुको बिश्वास आर्जन गरेको बताइन् ।

कार्यक्रममा सहकारीकाको नियम तथा अनुशासन रही नियमित कारोवार गर्ने तथा सहकारी अभियानमा क्रियाशील रहेका विभिन्न सदस्यहरुलाई सम्मान गरिएको थियो ।

 

 

LIVE TV