२१ भाद्र २०७९, मंगलवार

काठमाडौँ । मैजुबहालमा रहेको बगलामुखी मन्दिरको आठौँ वार्षिकोत्सवमा रथयात्रा हुने भएको छ। मन्दिरमा मूर्ति प्रतिस्थापन र प्राण प्रतिष्ठासहित रथयात्रा गर्न लागिएकाे हाे ।

बगलामुखी मन्दिर संरक्षण तथा व्यवस्थापन समाजले रथयात्रा, धार्मिक अनुष्ठानसहित आठौँ वार्षकाेत्सव मनाउन लागेको हो । आउँदाे बिहीबार प्रसाद वितरण र शुक्रवार दिउँसाे १ बजे शोभा रथयात्रा कार्यक्रम तय भएकाे समाजका कार्यवाहक अध्यक्ष कैलाश गर्तौलाले जानकारी दिए ।

मैजुबहालवासीले सार्वजनिक जग्गाको संरक्षण गर्दै आठ वर्ष अगाडि बगलामुखी मन्दिर निर्माण गरेका थिए । यसकाे सञ्चालन तथा व्यवस्थापनका लागि समाज गठनसँगै अक्षय कोष खडा गरिएकाे थियाे । साेही काेषमार्फत धार्मिक अनुष्ठान र सामाजिक गतिविधि गरिँदै आएको छ ।

LIVE TV