८ भाद्र २०७९, बुधबार
  • इन्दिरा चाम्लिङ,

ब्रसेल्स । नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरीको निधनसँगै नेपाली राजनीतिले एक बौद्धिक राजनीतिज्ञ गुमाएको छ । सामाजिक सञ्जालमा गिरीको निधनप्रति नेपाली कांग्रेसका नेता–कार्यकर्ताले मात्र नभई राजनीतिमा रूचि नभएका सामाजिक क्षेत्रका व्याक्तित्वहरुले पनि श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् ।

यसै सन्दर्भमा यूरोपमा रहेका केही प्रगतिशील लेखक तथा पत्रकारहरुको आयोजनामा एक श्रदाञ्जलि कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ यूरोप शाखाको आयोजनामा गिरीको जीवनीलाई लिएर चर्चा गरिएको हो ।

कार्यक्रममा बोल्दै पत्रकार तथा लेखक पंचम अधिकारीले गिरी राजनीतिज्ञ मात्र नभई एक लेखक, चिन्तक र एक दार्शनिक भएको बताए । गिरीले नारी, लेनिनको जीवनी, माक्र्सवाद, अर्थशास्त्रलगायत किताब लेखेका कारण उनी नेता नात्र नभई एक चिन्तक पनि रहेको बताए ।

गिरी सरल, मिलनसार, गान्धीका अनुयायी गिरी माक्र्सवादका ज्ञाता, कांग्रेस–कम्युनिस्टको साझा मार्गदर्शक, रामायण, महाभारत, वेद, पुराण, उपनिषद् र श्रीमद्भागवत गीताको समेत राम्रो जानकार भएको उनको भनाइ थियो ।

बेल्जियममा क्रियाशील वामपन्थी वुद्दिजिवी बोधराज पौडेलले गिरी नेपाली कांग्रेसको नेता र संसद भएपनि उनी नेपाली जनताले नै रुचाएको एक साझा चिन्तक रहेको बताए । गिरी राजनीति गर्नेहरुका निम्ती मार्गदर्शक बनेको उनले उच्च नैतिकता, आदर्श, निष्ठा तथा राजनीति गरेको बताए ।

त्यसैगरी जनजाती नेता तथा बुद्दिजिवी मनिस गुरुङले गिरीको जीवनशैली अनुसरण गर्न लायक भएको बताए । गिरीले जनजाती, दलित र उत्पिडित वर्गको लागि कलम चलाएको उनको बुझाई थियो । एनआरएन बेल्जियम कोषाअध्यक्ष पुष्प नेपालले गिरी कांग्रेसको राजनीतिमा एउटा सक्षम र सरल व्यायाक्ती भएको बताए ।

नेपाल प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा स्तम्भकार दिल निशानी मगरले गिरी नेता मात्रै नभई लेखक र पत्रकार समेत रहेको बताए । “२०२८ सालमा बनारसबाट ‘अक्षर’ द्वैमासिक साहित्यक मासिक पत्रिका, २०३७/३८ सालतिर प्रकाशित ‘समता’ पत्रिका, अंकुर लगायतका पत्रिकामा स्व.गिरीको प्रत्यक्ष संलगनता थियो”, उनले भने ।

माओवादी नेता जित लामाले गिरी माक्सवाद लेनिनवादको व्याख्या–विश्लेषण गर्नसक्ने व्यक्ति भएकाले ईन्टरनेटको जमना नहुदा गिरीको भाषण सुन्न आफू कैयौ समय पर्खिएको सस्मरण गरे । यूरोपमा रहेका दर्जनौ लेखक पत्रकारहरुले जूममार्फत् सोही कार्यक्रममा सहभागिता जनाएता थिए ।

लोहियाको सप्तक्रान्ति र रामायण तथा महाभारतका द्रौपदी आदि सजीव महिला पात्रलाई आदर्शका रूपमा उनको प्रस्तुतिलाई नेपाली प्रसङ्गमा अनवरत रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियामा लेखिरहे गिरी एक युगमा एक पटक जन्मिने उनीहरुको भनाइ थियो ।

कार्यक्रमका अध्यक्षता ग्रहण गरेका नेपाल पत्रकार महासंघ युरोप शाखाका कार्यबाहक अध्यक्ष केजिन राईले आफू संसदीय पत्रकारिता गर्दा गिरीलाई नजिकबाट चिनेको र उनले बोलेका सबै कुराहरु झलझली सम्झिएको बताए । “गिरी बोल्ने समयमा अजानक शान्त वातारवरण छाउथ्यो । उहाँ बेल्दा नेता हैन कि कुनै दार्शनिक बोलेको अनुभूति हुन्थ्यो ।’

निमोनिया र क्यान्सरका कारण पीडित बनेका गिरीको भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला गत शनिबार राति साढे ९ बजे निधन भएको थियो । उनले आफ्नो उपचारमा सरकारको एक पैसा पनि खर्च लिएका थिएनन् ।

LIVE TV