५ भाद्र २०७९, आईतवार

काठमाडौं । यो देश रेमिट्यान्सले धानिएको छ । रेमिट्यान्स आउन बन्द हुने हो भने हामी नेपालीसँग भारतबाट चामल किनेर खान सक्ने हैसियत पनि हुने छैन ।

यो देशको अर्थतन्त्र तिनै हेपिएका खाडी मलेसिया जाने युवाबाट धानिएको छ । रेमिट्यान्स भित्रका कथा कहानी निकै दर्दनाक छन् ।
यो देश चलाउन नेपाली युवाले कस्तो कस्तो दुःख गर्नु पर्छ, भन्ने एउटा उदाहरण हो उदयपुर गाइघाट नगरपालिकाका पोषक बहादुर खत्री । उनको साउदीबाट उद्दार भएको छ । कार्यक्रम सिधा कुरा जनतासँगको पहलमा खत्रीको उद्दार भएको हो ।

झण्डै २० महिना अघि खत्री साउदी पुगेका थिए । उनी पानीको बोत्तल बनाउँने उद्योगमा काम गर्थे । काम गरेको ९ महिना पुगेको थियो । दुर्घटनामा परेर उनको हातमा चोट लाग्यो । काम गर्ने क्रममा चिफ्लिएर लडेपछि ग्राइन्डर मेसिनले उनको हात नै काट्यो । तर, राम्रो उपचार नपाएपछि उनले आफ्नै देश फर्काइदिन गुहार माग्दै हाम्रो सम्पर्कमा आएका थिए ।

खत्रीको यो गुनासो सुनेपछि हाम्रो टिमले उनीसँग सबै विवरण लियो । र, उद्दारको प्रयास थाल्यो । उनलाई साउदी पठाउने एजेण्ट मनोज कुमार राउत र मेनपावर कम्पनी एक्सेस पाटर्नरस नेपाल प्रालिलाई सम्पर्क ग¥यौँ । खासमा मेनपावर कम्पनी र र एजेण्टले खत्रीको समस्यामा चासो नदेखाएपछि उनले साउदीमा राम्रो उपचार समेत गराउन पाएका रहेछन् । त्यसमाथि सम्झौता बमोजिमको तलब सुविधा पनि उनले पाएका रहेछन् ।

श्रमस्विकृती लिएर गएका कामदारको बीमा गरिएको हुन्छ । साउदीको कम्पनीले पोषकको उपचारमा २५ हजार रियाल खर्च गरेका कम्पनीले दावी गरेको उनले बताए । पोषकले पाउनु पर्ने बीमा बापतको रकम उपचारमा खर्च भएको भन्दै कम्पनी पन्छिएको छ ।

२० महिना साउदीमा विताएका पोषक यो दुर्घटनापछि ११ महिना त कोठामै थन्किए । नेपाल पठाइदेउ भन्दा कसैले सुनेनन् । उनले बुबा–आमालाई पीडा हुन्छ भन्ने ठानेर आफु दुर्घटनामा परेको खबर समेत आमा बुबा दिएनन् । दिदीमार्फत ३ महिनापछि उनका अभिभावकले जानकारी पाएका थिए ।

अब काठमाडौँमै थप उपचारपछि आफ्नो गृह जिल्ला उदयपुर जाने पोषकले बताएका छन् ।

LIVE TV