३ भाद्र २०७९, शुक्रबार

काठमाडौं । सावित्री कञ्चनजंगा अगरबत्तीले श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटन कृष्ण मन्दिर परिसरमा निःशुल्क शुद्ध पिउने पानी, मास्क, अगरबत्ती, तथा क्याप वितरण गरेको छ ।

पाटन कृष्ण मन्दिर धाममा हजारौं भक्तजनहरु ब्रत बसी कृष्ण भगवानको दर्शनका लागि आउने गर्दछन् । गर्मी मौसममा लामो समयसम्म लाइनमा बस्नु पर्दाको असुविधालाई मध्यनजर गर्दै कम्पनीले निःशुल्क रुपमा शुद्ध पिउ, मास्कलगायत सामग्री वितरण गरेको हो ।

कम्पनीले करिब १० हजार भक्तजनहरुलाई शुद्ध पिउने पानी उपलब्ध गराइएको थियो । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिकलगायत विभिन्न क्षेत्रहरुमा सामाजिक सेवाहरु प्रदान गर्दै आएको छ ।

 

LIVE TV