३ भाद्र २०७९, शुक्रबार

काठमाडाैँ । ललितपुरको कुसुन्तीमा रहेको माछापुछ्रे स्कुलले यही भदौ ४ गते शनिबार आइबी वर्ल्ड स्कुल उत्सव मनाउँदै छ । शनिबार दिउँसो २ बजे विद्यालय प्राङ्गणमै उत्सवसहित अभिनन्दन कार्यक्रम आयोजना गर्न लागिएको स्कुलले जनाएको छ ।

एक पत्रकार सम्मेलन गरी स्कुलले हालैमात्र इन्टरनेस्नल ब्याकालेरियट (IB World School) को औपचारिक रूपमा मान्यता पाएको जानकारी गराएको छ । बालबालिकाको सिकाई क्षमता र सिक्ने स्वभावको पहिचान गरि सोही अनुरूपको अन्तरास्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने स्कुलको उदेश्य रहेको स्कुलका अध्यक्ष डा. विनोद प्रसाद यादवले जानकारी दिए ।

सन् १९९५ मा स्थापित भई उच्च गुणस्तरीय शिक्षामा विश्वसनीयता कायम गरेको माछापुच्छ्रे विद्यालय स्थानीयस्तरमा ख्यातिप्राप्त छ । ‘शिक्षा क्षेत्रलाई राम्ररी नियालेका दूरदर्शी व्यक्तित्व तथा शिक्षाविद् डा. विनोद प्रसाद यादवले अक्टोबर २०१५ मा विद्यालयको नेतृत्व लिई उपत्यकामा पनि एउटा गुणस्तरीय विद्यालय मध्यमस्तरका अभिभावकको पहुँचमा खोल्ने उद्देश्यले अभिप्रेरित भई माछापुच्छ्रे स्कुल को स्थापना भएको हो,’ स्कुलको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘प्रोग्रेशिभ अप्रोच अन्तर्गत बालबालिकालाई उनीहरुकै सहभागितामा ज्ञान निर्माण गराउने यस विद्यालयमा पाठ्यक्रममा आधारित रहेर शिक्षण क्रियाकलाप अघि बढाइन्छ र त्यहाँ पाठ्यपुस्तकलाई शिक्षक र विद्यार्थीले सन्दर्भ सामाग्रीका रुपमा मात्र प्रयोग गर्दछन् ।’

प्रयोगमुलक शिक्षालाई व्यवहारमा उतारी समाज परिवर्तनको संवाहक बनाउने लक्ष्य लिएको यस विद्यालयमा नानीबाबुहरुको उमेर सुहाउँदो बालमैत्री संरचना र सोभित्र इन्टरनेट जडित कक्षामा स्मार्टबोर्डको सहायताले सहज र सिकाई गरिन्छ । साथै तालिम प्राप्त शिक्षक शिक्षिकाहरुवाट शारीरिक, मानसिक, भावनात्मक, सामाजिक तथा मनोवैज्ञानिक रुपले सुरक्षित रुपमा सिकाइका कारण विद्यालय गुणस्तरीय शिक्षा अग्रणी मानिएको छ ।

 

LIVE TV