३ भाद्र २०७९, शुक्रबार

काबुल । अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा शक्तिशाली हमला भएको छ । बुधबार सन्ध्याकालीन प्रार्थनाको समयमा भएको उक्त हमलामा धेरै मानिसहरु मृत्यु भएको आशंका गरिएको छ । विस्फोटमा धेरै मानिस घाइते भएका जनाइएको छ ।

विस्फोटमा धेरै हताहति भएको जनाए पनि प्रहरीले वास्तविक संख्या उल्लेख गरेको छैन् । विस्फोटमा ३५ जनाको हताहति भएको एक तालिबान अधिकारीले रोयटर्सलाई बताएका छन् । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । विस्फोटमा २० जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।

शक्तिशाली विस्फोटको आवाज उत्तरी काबुलको छिमेकमा सुनिएको थियो । विस्फोटबाट नजिकैका भवन भत्किएका थिए ।

LIVE TV