२ भाद्र २०७९, बिहीबार
  • अनमोल कार्की

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सलार्ही जिल्ला वरथहवा नगरपालिका वडा नम्बर १३ मूर्तिया निवासी २५ वर्षिय कुलदेव कुमार महत्तो रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार बिहिबार दिउँसो साढे २ बजेतिर चन्द्रपुर नगरपालिका– २ स्थित पूर्व पश्चिम लोकमार्गको पहिलो लच्का नजिकै पश्चिमबाट पुर्व तर्फ जाँंदै गरेको ना ६१ प ९५३३ नम्बरको मोटरसाइकल राजमार्गबाट तल खसेर जंगलको झाडीमा पुगेको थियो ।

प्रहरीले झाडीमा बेहोस अवस्थामा रहेका महत्तोको उद्धार गरी उपचारको लागि चन्द्रपुर अस्पताल प्रालिमा लगेकोमा अस्पतालले दिउँसो साढे ३ बजे उनलाई मृत घोषणा गरेको थियो । घटनास्थलको प्रकृति हेर्दा मोटरसाइकल आँफै अनियन्त्रित भएर दुर्घटना भएको जस्तो देखिएपनि सो सम्बन्धमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले थप अनुसन्धान गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटकी प्रमुख प्रहरी निरीक्षक विमला कुमारी कठायतले जानकारी बताइन् । मृतक महत्तो नेपाल विद्युत प्राधिकरण हरिवन शाखामा कार्यरत रहेको बुझिएको छ ।

बिहिबार बिहानै सोही स्थान नजिकै अटो र बस एकआपसमा ठक्कर खाँदा अटोमा सवार सर्लाही जिल्लाको बागमति नगरपालिका– ५ राजघाट टेकानटोल बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर जनाको मृत्यु भएको थियो । । दुर्घटनामा गम्भिर घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मंगरको भने स्थानीय चन्द्रपुर अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि वीरगन्ज रेफर गरिएको छ ।

पूर्वपश्चिम राजमार्गको सो खण्डमा सडक एकदमै साँघुरो रहेको तथा ठुला सवारी साधनहरुले साना सवारी साधनहरुलाई पेलेर चलाउने गरेकाले दुर्घटनाको जोखिम सदैव उच्च रहेको स्थानिय सुजन तिमल्सिना बताउँछन् ।

LIVE TV