२ भाद्र २०७९, बिहीबार

काठमाडौं । हिन्दू नारीहरुको विशेष पर्व तीज नजिकिदै गर्दा विभिन्न तीज गीतहरु बजारमा आउन थालेका छन् । यसैबीच बाल गोपाल देवकोटा र समीक्षा अधिकारीको आवाजमा ‘नाचौं न छम छमी’ बोलको तीज गीत सार्वजनिक भएको छ । रेजिना खालिङको शब्द तथा आसुतोष राईको संगीत रहेको ‘नाचौं न छम छमी’लाई युट्यूवमार्फत् दर्शक÷श्रोतामाझ सार्वजनिक गरिएको हो ।

निरज ओलीले रेकर्ड गरेका गीतलाई वीपिन आचार्यले एरेञ्ज तथा मिक्सिङ गरेका हुन् । संगीतकार आसुतोष राई आफैले निर्देशन गरेका गीतको भिडियोमा गायक बाल गोपाल, रश्मीला तामाङ, आसुतोष राई र मुना ठकुरी फिचर्ड छन् । गीतको भिडियोमार्फत् वर्षमा एक पटक आउने तीजमा साडीमा सजिएर छम् छम् नाचेर रमाइलो गर्ने परम्परालाई प्रस्तुत गरिएको छ ।

छवी थापाको कोरियोग्राफी रहेको भिडियोलाई अमृत सुनुवारले छायाङ्कन गरेका हुन्, भने भिडियोलाई नविन निरौलाले सम्पादन र कलरिङ गरेका हुन् । भिडियोलाई राद दत्त देवकोटा, राज्यवती देवकोटा र धीरेन्द्र देवकोटाले निर्माण गरेका हुन् । सह–निर्माताको रुपमा अनिश सिंह सारङकोटी मगर रहेका छन् ।

 

LIVE TV