१ भाद्र २०७९, बुधबार

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेताहरूले शीर्ष नेताहरूमाथि निर्वाचनमा सिट बाँडफाँटमा ५० वर्षमुनिकालाई ५० प्रतिशत टिकट दिनुपर्ने भन्दै दबाब बढाएका छन् ।

युवा नेताहरूले आसन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा युवा सहभागिता बढाउन ‘फिप्टी–फिप्टी’ अभियान नै सुरु गरेका छन् । यस अभियानअन्तर्गत युवा नेता भुपेन्द्रजंग शाहीले ५० वर्षमुनिकालाई ५० प्रतिशत टिकट अनिवार्य गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

काँग्रेसमा युवाहरूको आशा, विश्वास र भरोसा बढाउन उक्त अभियान सुरु गरिएको शाहीले बताए । ५० वर्षमुनिकालाई युवाहरुलाई ५० प्रतिशत टिकट दिनुपर्ने र बाँकी ५० प्रतिशत टिकट वितरण ५० वर्षमाथि उमेर भएका नेतालाई हुनुपर्ने उनीहरुको माग छ ।

नेता शाहीका अनुसार युवाको सहभागिता बढाउन, पार्टीमा परिवर्तनको सन्देश दिन फिप्टी फिप्टीको अभियानमा सुरु गरेको हो । उनले भने, ‘यसले युवा मतदाताको आकर्षण बढाउछ । उनी भन्छन युवाको ऊर्जा, क्षमता र जोस जाँगरलाई पार्टी र देश निर्माणमा सदुपयोग पुग्छ । फिप्टी–फिप्टी अभियानले काँग्रेसलाई बलियो, सशक्त, गतिशील बनाउँछ ।’

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाउने अभियानको उद्देश्य रहेको उनको भनाइ छ ।

LIVE TV