१ भाद्र २०७९, बुधबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले लोकतान्त्रिक आचरण र व्यवहार गुमाएको आरोप लगाएका छन् । बुधबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले इतिहासमै पटक–पटक देशविरोधी काम गर्दै आएको कांग्रेसले पछिल्लो समय लोकतान्त्रिक चरित्र गुमाएको बताएका हुन् ।

अध्यक्ष ओलीले भनेका छन्, ‘कांग्रेस प्रचण्डको कार्यकर्ता हो । यो लोकतान्त्रिक रहेन । अरु पार्टीको त चर्चा नगरौं, समय बेकारमा किन खर्च गर्ने! कांग्रेस नीति, आचरण, सिद्धान्त, व्यवहारमा केहीमा पनि लोकतान्त्रिक रहेन ।’

उनले थप भनेका छन्, ‘कांग्रेसले इतिहासमा पनि पटक–पटक देशहितविरुद्ध काम गरेको पार्टी हो । सुध्रिएला कि भन्ने लागेको थियो । माओवादी पार्टी भनेको प्रचण्ड एन्ड कम्पनी हो । कांग्रेस प्रचण्ड एन्ड कम्पनीको पछिपछि त्यै नीति, व्यवहार र आचरणमा लुरुलुरु हिँडेको छ । त्यसलाई तोड्नुपर्छ ।’

यसका साथै अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनमा रहेका पार्टीहरूलाई पराजित गरेर एमालेको सरकार गठन गर्नुपर्ने बताए ।

तस्वीर : महेश्वर के.सी.,

LIVE TV