१ भाद्र २०७९, बुधबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ । बुधवार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीबार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आजको बैठकमा संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भएको बताए । केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रिय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्यूरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा छलफल शुरु भएको बताए ।

प्रवक्ता महराले आजको बैठकबाट करिव करिव टुंगोमा पुगेको र बिहीबारको स्थायी कमिटीको बैठकले पार्टीमा सबै पदाधिकारीको टुंगो लगाउने बताए ।

उनले भने, ‘संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भयौँ । संगठनमा खास गरेर केन्द्रीय कमिटीपछि हामीले टुंग्याउनुपर्ने केही विषयहरु थिए । केन्द्रीय कमिटीमा थप्नुपर्ने केही साथीहरु र पोलिटब्यूरोमा थप्नुपर्ने केही साथीहरु र स्थायी कमिटीमा थप्नुपर्ने केही साथीहरु र पदाधिकारी टुंग्याउने विषय तपाईहरुको जिज्ञासाको विषय होला ।’

उनले थपे, ‘यी सबै विषयमा हाम्रो विस्तृत छलफल भयो । करिब–करिब हामी टुंगोमा पुगेका छौँ । भोलि बिहान ८ बजे सबै टुंगो लाग्छ । आज छलफलमा मात्रै केन्द्रित भयौँ । पदाधिकारी पनि भोलि टुंगो लाग्छ । आज छलफल शुरु भयो ।’

प्रवक्ता महराले पार्टीको स्थायी कमिटीको बैठक बिहीवार ८ बस्ने बताए ।

LIVE TV