१ भाद्र २०७९, बुधबार

काठमाडौं । बलिउड अभिनेता आमिर खान र करिना कपूर खान स्टारर् ‘लाल सिंह चड्ढा’ अगस्ट ११ अर्थात् रक्षा बन्धनको अवसरमा रिलिज भएको छ । फिल्मबाट धेरै अपेक्षाहरू गरिएको थियो, तर, फिल्मको बक्स अफिस कलेक्शनले जनतालाई निरन्तर निराश बनाइरहेको छ ।

फिल्मको बक्स अफिस कलेक्शन दिनानुदिन घटिरहेको छ । यस्तै चलिरह्यो भने ‘लालसिंह चड्डा’ केही दिनमै हलबाट उतारिनेछ । आमिर र करीना कपूर खानको फिल्म ‘लाल सिंह चड्ढा’ को बक्स अफिस कलेक्शनले बी टाउनका स्टारहरुलाई स्तब्ध बनाएको छ ।

मिडिया रिपोर्टका अनुसार ‘लाल सिंह चड्डा’ले अहिलेसम्म अर्थात् ६ दिनमा जम्मा ४८ करोड कलेक्सन गरेको छ । अर्थात् आमिरको फिल्मले ६ दिनमा पनि ५० करोड कमाउन सकेको छैन । मिडिया रिपोर्टका अनुसार ‘लाल सिंह चड्ढा’ले मंगलबार जम्मा २ करोड भारु कलेक्सन गरेको थियो, योसँगै फिल्मले ४८ करोड कमाएको हो ।

‘लाल सिंह चड्डा’ ले उद्घाटनका दिन ११ करोड ५० करोड कमाएको थियो । ठूलो गिरावटसँगै फिल्मले दोस्रो दिन ७.२५ करोडको व्यापार गरेको थियो । योसँगै आमिरको फिल्मले तेस्रो दिन ९ करोड र चौथो दिन १० करोड कमाएको थियो । यसैबीच, स्वतन्त्रता दिवस अर्थात् १५ अगस्टको अवसरमा फिल्मले ८ करोड ५० लाख मात्रै कमाउन सफल भएको थियो ।

निर्देशक अद्वैत चन्दनको ‘लाल सिंह चड्ढा’ हलिउड फिल्म ‘फरेस्ट गम्प’ को आधिकारिक हिन्दी रिमेक हो । यस फिल्ममा टम ह्यान्क्सले मुख्य भूमिका निर्वाह गरेका थिए । फिल्ममा आमिरका अलावा करीना कपुर खान, मोना सिंह र नागा चैतन्यको पनि महत्वपूर्ण भूमिका छ ।

फिल्मलाई लिएर सामाजिक सञ्जालमा लामो समयदेखि विवाद चलिरहेको छ । हालै #BoycottLalSinghChaddha धेरै ट्रेन्ड भयो, जसको प्रभाव फिल्मको बक्स अफिस कलेक्शनमा प्रस्ट देखिन्छ । यति मात्र होइन, बलिउडको बाइकट आजकाल सामाजिक सञ्जालमा निकै चर्चामा छ ।

LIVE TV