३१ श्रावण २०७९, मंगलवार

काठमाडाैँ । कुनै सिकाइ र ट्रेनिङ बिना नै विभिन्न नृत्य प्रतियोगिताहरुमा धेरै ठाउँमा प्रथम स्थान हासिल गरिसकेकी नृत्यंगना स्वीकृति पौडेल आफ्नै बाबा चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेल को पछिल्लो गीत “हरहर बासना अगरबत्तिको कस्ले माया गर्छ तिम्लाइ मैले जत्तिको” मा जिबन्त अभिनय गरेकी छन। रुपन्देहीको देबदह नगरपालिका स्थित देबदह बोर्डिङ हाइ स्कुलमा कक्षा आठमा पढ्दै गरेकी स्वीकृति पौडेलको अभिनय र नृत्यकला निक्कै नै अब्बल देख्न सकिन्छ। नवीन पौडेलका यसअघि बजारमा निस्किएका गीतहरु “बोल्नुपर्छ ओइ” “लेउ खुकुरी लेउ” “पर्यो देशला चोट” “कस्तो आयो जमाना” लगायत गीत मा पनि अभिनय गरिसकेकी छ्न।

लोक गीत सँगितका अब्बल एबम लोकप्रीय गायक नबिनको पछिल्लो गीत हरहर बासनामा स्वर र शब्द उनकै रहेको छ। स्वर मा उनलाइ आशा बिसिले साथ दिएकी छन। लाइभ दोहोरिमा झड्का दिएर सबै दर्सकको मन जितेकी बिसिले निक्कै नै मेहनतका साथ गायकोले गीत सबैले मन पराउने बताउछिन। रबि कार्किले लय सँकलन गरेको गीतको म्युजिक भिडियोको निर्देशन बिष्णु भट्टराईले गरेका छन भने म्युजिक एरेन्ज कृष्ण केसि ले गरेका छन। म्युजिक भिडियो लाई आशा बिसि युट्युब च्यानल मार्फत बजारमा ल्याइने गायक पौडेलले बताए। यसको छायांकन बुटवल आसपासका क्षेत्रमा भएको र भिडियोमा लुम्बिनी प्रदेशमा स्थापित विभिन्न उध्योगी ब्यबशायिहरुको अभिनय समेत समाबेश गरिएकोले भिडियो उत्कृष्ट बनेको छ।

LIVE TV