३१ श्रावण २०७९, मंगलवार
  • युवराज आचार्य,

झापा । झापाको एक सरकारी स्वामित्वमा रहेको खानोपानी संस्थानले दूषित खानेपानी वितरण गर्दा आम उपभोक्ता मारमा परेका छन् । भद्रपुर नगरपालिका–८ स्थित नेपाल खानेपानी संस्थान भद्रपुर शाखाले उपभोक्तालाई दूषित खानेपानी वितरण गर्दा उपभोक्ता समस्यामा परेका हुन् ।

अति आवश्यक र स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको बिषय शुद्ध खानेपानीमा पनि संस्थानले लापारवाही गर्ने गरेको उपभोक्ता बताउँछन् । मानव स्वास्थ्यको बेवस्ता गर्दै संस्थानले विगतदेखि नै पटक पटक दूषित खानेपानी वितरण गरिरहेको उनीहरुको भनाइ छ ।

बारम्बार खानेपानी संस्थानलाई दुषित पानीको बारेमा जानकारी गराउँदा पनि उनीहरुले त्यसको बेवस्था गर्ने गरेको उपभोक्ता राजेन पौडेल बताउँछन् । उनले भने, सम्बन्धित निकायले हेलचेक्राई गर्दा फोहोर तथा माटो मिसिएको लेदोसहितको धमिलो पानी पिउन बाध्य हुनु परेका बताउँछन् ।

महिना दिनअघि पनि धारामा लेदो मिसिएको पानी आएको अर्का उपभोक्ता भोजराज पोखरेल बताउँछन् । ‘नगरका धेरै मानिस स्वच्छ र सफा पानी पिउन नपाउँदा धेरै रोगबाट लड्नु परेको छ’, उनले भने । अहिले भद्रपुर क्षेत्रका अधिकांश बिरामीमा खानेपानीको समस्या देखिन थालेको बताए ।

२०४६ सालमा स्थापना भएको खानेपानी संस्थानमा अहिले भद्रपुर नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ८ का ३ हजारबढी उपभोक्ता छन् । यता नेपाल खानेपानी संस्थान भद्रपुर शाखाले भने नियतबस नभएर प्राविधिक समस्याका कारण दूषित पानी उपभोग माझ गएको जनाएको छ ।

अहिले समस्या पहिचान गरेर अहिले दिन रात नभनी त्यसको समाधान गर्ने कार्य भइरहेको संस्थानका सूचना अधिकारी नारायण देवकोटाले जानकारी दिए ।

LIVE TV