३१ श्रावण २०७९, मंगलवार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले ठूला ठेकेदारहरुले ठेक्कापट्टा कब्जा गर्नेगरी सरकारले नीति बनाएकाले विकास, निर्माणको काम अवरुद्ध भइरहेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद पण्डितले यस्तो बताएका हुन् ।

त्यस्तै उनले ठूला उद्योगी र व्यवसायीहरुले बैंकहरुलाई नियन्त्रणमा लिएकाले साना व्यापारी र उद्यमीहरुले बैकबाट ऋणनै नपाउने अवस्था आउँदा पनि बेखवर भएको भन्दै सरकारको चर्को आलोचना गरे ।

सांसद पण्डितले भने, ‘देशको विकास, निर्माणको कानुन तीव्र गतिमा अगाडि बढेन । किनभने ठूला ठेकदारहरुले ठेक्कापट्टा कब्जा गर्ने नीति अन्तरगत गए । काम गर्ने नीति अन्तरगत गएन । त्यसकारण विकास अवरुद्ध भएको छ ।’

उनलेथपे, ‘त्यस्तै देशका उद्योगी र ठूला व्यवसायीहरुले बैंकहरु आफ्नो नियन्त्रणमा लगे । त्यसकारणले गर्दाखेरी साना उद्योगी र साना व्यापारीहरुले बैंकबाट ऋण पाउने स्थिति भएन । त्यसकारणले गर्दाखेरी साना उद्योग र व्यवसायहरु धरासायी हुँदै गएको कुरा मैले जानकारी गराउन चाहन्छु ।’

 

LIVE TV