३१ श्रावण २०७९, मंगलवार
  • रितिक अधिकारी,

सर्लाही । सर्लाहीको बरहथवाबाट ठूलो रकमसहित दुई जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले रु ३६ लाख रुपैयाँ नगद र २ सय ३३ ग्राम २ सय ८० मिलिग्राम सुनको गरगहनासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–७ स्थायी घर भई काठमाडौंको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण–२ दुवाकोटका ३१ वर्षीय विशाल खत्री रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक एवम प्रहरी प्रवक्ता विजय यादवले जानकारी दिए ।

प्रहरीका अनुसार प्रदेश ०२–०३३ प ७७५० नम्बरको मोटरसाइकलसहित उनीहरुलाई रोकेर खानतलासी गरिएको थियो । प्रहरीले खनतलासी गर्दा उनीहरुको साथबाट सो सामान र नगद नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

LIVE TV