३१ श्रावण २०७९, मंगलवार
  • मुस्कान श्रेष्ठ

वीरगंज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकामा नेपाली कांग्रेस पर्साले विरोध प्रर्दशन गरेको छ ।

आइतबार राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न नौ पृष्ठ लामो सन्देशसहित नागरिकता विधेयक प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन् थिए । सोही विरोधमा कांग्रेस पर्साले र्याली निकालेको हो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ कार्यसमिति पर्साका क्षेत्रीय सभापति महम्मद सहाबुद्दिनको नेतृत्वमा निकालिएको ¥याली नगर परिक्रमा गरी घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोध गर्दै कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री अजय चौरसियाले केपी ओली नेतृत्वको सरकारको पालामा ल्याइएको नागरिकता विधेयक राष्ट्रपतिले पारित गरेको तर सोही विधेयक कांग्रेस नेतृत्वको सरकारले ल्याउँदा फिर्ता पठाएको बताए । उनले एमालेको उक्साहटमा राष्ट्रपतिले गलत कदम चालेको आरोप पनि लगाए।

यस्तै मधेश प्रदेशका उर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता ओमप्रकाश शर्माले राष्ट्रपतिले मधेशी जनताको भावनाको खेल्वाड गरेको बताए ।
फिर्ता पठाइएको नागरिकता विधेयकलाई पुनः राष्ट्रपतिका पठाउन सत्ता गठबन्धनमा आबद्ध दलहरुलाई उनले आग्रह गरे ।

कालो पट्टि बाधेर नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका थिए ।

LIVE TV