३० श्रावण २०७९, सोमबार
  • मुुस्कान श्रेष्ठ

वीरगन्ज । नगरिकता विधेयक फिर्ता गेरेको विरुद्धमा वीरगन्जमा प्रदेशन गरिएको छ ।

राष्ट्रपति विद्यादवी भण्डारीले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएको भन्दै नागरिकता विहिन संघर्ष समितिले आज वीरगन्जका घण्टाघरमा प्रदर्शन गरेका छन् ।

लोसपा पर्साकी महिला नेतृ मुन्नी श्रिरुवास्तले राष्ट्रपतिले जनताको भावनाको खेल्वाड गरेको भन्दै आफूहरुले विरोध गरेको बताएकी छन् । उनले आफूहरुको माग सम्बोधन नभए सडकदेखि सदनसम्म कडा आन्दोलन गर्ने चेतावनी पनि दिईन् ।

यस्तै लामो संघर्षपछि प्रतिनिधि सभाबाट नागरिकता विधेयक पास भएको र सबै दल सहमत भएपनि राष्ट्रिपतिले प्रमाणीकरण गर्नुपर्नेमा फिर्ता पठाउनु गलत रहेको प्रदर्शनमा सहभागी एक नेताले जानकारी दिए ।

मुलुकमा कतिपय युवाहरु नागरिकता बिहिन भएकै कारण रोजगारी र विभिन्न सेवा सुविधाबाट वञ्चित भएको हदाँ जसरी भएपनि नागरिकता विधेयक पास हुने बताए ।

LIVE TV