३० श्रावण २०७९, सोमबार

काठमाडौं । काठमाडौं दरबार स्क्वायर पर्यटन प्रर्वद्धन संघको अध्यक्षमा शैलेन्द्रमान बज्राचार्य चयन भएका छन् । सोमबार बसन्तपुरमा बसेको संघको भेलाले अध्यक्षमा बज्राचार्यलाई चयन गर्दै नयाँ कार्यसमिति पनि घोषणा गरेको छ ।

नयाँ कार्यसमितिको महासचिवमा पुरुषोत्तम डंगोल र कोषाध्यक्षमा सञ्जयमान श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा दिनेश सुवाल, किरण श्रेष्ठ, चिरनरत्न शाक्य, डिल्लीरत्न तुलाधर, मसिन मुलेपति र अभिनवदास श्रेष्ठ चयन भएका छन् ।

हनुमानढोका दरबार क्षेत्रको संस्कृति, सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले संघ २०६२ सालमा स्थापना भएको हो । संघले संस्कृति, सम्पदाको संरक्षण र प्रवद्र्धनसँगै स्थानीयको आर्थिक स्तरोन्नति गर्दै आएको छ ।

संघको मुख्य उद्देश्य भनेको हनुमानढोका दरबार क्षेत्र, बसन्तपुर र त्यस आसपासमा घुम्न आउने पर्यटकहरुका लागि आवश्यक पूर्वाधार जुटाउने, स्थानीयलाई स्वरोजगार बनाउने, सुविधाजनक होटेल, रेष्टुरा खोल्न चाहनेहरुलाई तालिम तथा प्रशिक्षण दिने र उद्यमी बनाउने रहेको अध्यक्ष बज्राचार्यले बताए।

संघले दुई हप्ताको अवधिमा संघको उद्देश्य र आगामी योजना सार्वजनिक गर्ने पनि अध्यक्ष बज्राचार्यले बताए ।

LIVE TV