३० श्रावण २०७९, सोमबार

काठमाडाैँ । अहिलेसम्म देखिएको र सुनिएको प्रेम कहानीभन्दा फरक प्रेमकहानी रहेको दाबी गरिएको बलिवुड फिल्म `इश्क पस्मिना´ आगामी सेप्टेम्बर २३ मा रिलिज हुँदैछ ।

बालीवुड फिल्म कम्पनी कृष्ण शान्ति प्रोडक्सन हाउसले निर्माण गरेको फिल्म `इश्क पस्मिना ´को पोस्टर सार्बजनिक गर्दै निर्माण पक्षले यो फिल्मले सबैको मन जित्न सफल हुने दाबी गरेको छ । बलिवुड फिल्म निर्माता सुरज सुर्या मिश्राले आफ्नो फिल्म मार्फत अधिकांस नयाँ तर प्रतिभाशाली कलाकारलाई ठूलो पर्दामा अवसर दिएका छन् । टिभी दुनियाँका प्रभावशाली कलाकार भाविन भानुशाली र भारतका चर्चित कृकेटर दिपक चाहरकी बहिनी मालती चाहर फिल्ममा मुख्य भुमिकामा देखिदैछन् ।

साथै दिग्गज अभिनेत्री जरिना वहाब , बिजेन्द्र काला,कायनात अरोडा र बाल कलाकार गौरिका मिश्रा पनि फिल्ममा देखिनेछन् ।
यो फिल्मको निर्देशन अरबिन्द पाण्डेले गरेका छन् । फिल्मको गित र स्कृप्ट समेत लेखेका निर्देशक पाण्डेले फिल्मले अहिले सम्म नदिएको अनौठो र नौलो अनुभव दिने बताएका छन् ।

भारतका प्रसिद्ध संगितकार शाम बलकर र शाश्वत प्रखरले इश्क पस्मिना फिल्मको गितमा संगित भरेका छन् । साथै भारतका चर्चित फिल्म इडिटर राजेश पाण्डेले फिल्म इडिट गरेका छन् । जस्ले बाजीराव मस्तानी , गंगुबाई जस्ता कयौं चर्चित फिल्म इडिट गरिसकेका छन् । गत जनवरीमा सिम्लामा भारी हिमपात र अत्यधिक चिसो बढेको बेला माइनस डिग्रीमा गएर सुटिङ गरिएको यो फिल्मको चर्चा त्यसबेला देखि नै छ । किनभने फिल्मका कलाकारले आफ्नो ज्यान जोखिममा राखेर सुटिङमा सहभागी भएका थिए ।

इश्क पस्मिना छुटै र अनौठो किसिमको प्रेम कहानी रहेको कारण नै हिट हुनेमा निर्माता सुरज सुर्या मिश्रा र शालु मिश्रा ढुक्क छन् । ब्यग्र प्रतीक्षामा रहेको फिल्म इश्क पस्मिनाको ट्रेलर सेप्टेम्बर १ मा सार्वजनिक हुने निर्माण कम्पनीले जनाएको छ ।

LIVE TV