३० श्रावण २०७९, सोमबार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सी र टोटेनहम हट्सपर बराबरी खेलेका छन् । गएराति भएको खेलमा चेल्सी र टोटेनहम २–२को बराबरी खेल्दै अंक बाडेका हुन् ।

चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले गोल गर्दा टोटेनहमका पिएर एमिल होएबिएर र ह्यारी केनले बराबरी गोल फर्काए ।

खेलको १९औं मिनेटमा कौलिबालीले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा स्पर्स होएबिएरले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

७७औं मिनेटमा चेल्सीले जेम्सले गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाए । इन्ज्युरी समयको अन्तिम मिनेटमा केनले गोल गर्दै टोटेनमहलाई हारबाट जोगाए ।

खेल सकिएपछि हात मिलाउने क्रममा दुई प्रशिक्षकबीच पुनः भनाभन हुँदा मैदानमा तनावपूर्ण स्थिति बनेको थियो । दुवै टोलीका खेलाडी र अफिसियल समेत भनाभनमा जोडीन पुगे । रेफ्रीले अन्त्यमा दुवै प्रशिक्षकलाई रातो कार्ड देखाए ।

यस बराबरीसँगै दुवै टोलीको २ खेलमा ४ अंक भएको छ । टोटेनहम अंक तालिकाको चौथो स्थानमा तथा चेल्सी सातौंमा छ ।

LIVE TV