३० श्रावण २०७९, सोमबार

एजेन्सी । स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा रियलले अल्मेरियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

रियललाई जित दिलाउनको लागि लुकास भास्क्वेज र डेभिड अलाबाले गोल गरे । अल्मेरियाका लार्जी रमाजानीले गोल सान्त्वना बन्यो ।

खेलको छैटौं मिनेटमा रमाजानीको गोल अल्मेरियाले अग्रता लिएको थियो । तर अल्मेरियाले उक्त अग्रता दोस्रो हाफमा जोगाउन सकेन ।

६१औं मिनेटमा भिनिसियस बराबरी गोल फर्काए ।
डिफेन्डर अलाबाले मैदान छिर्ने बित्तिकै फ्रिकिकमा गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थाप गोल हुन नसक्दा खेल रियलले जित्यो ।

जितपछि रियलले ३ अंक जोडेको छ । अल्मेरियाले अंक जोड्न सकेको छैन ।

LIVE TV