२९ श्रावण २०७९, आईतवार

काठमाडौं । रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनी मर्ज भई आइतबारदेखि एकीकृत कारोबार शुरु गरेका छन् । आइतबार काठमाडौंमा एक कार्यक्रम गरी रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको एकीकृत कारोबार शुरु गरेको हो ।

एकीकृत कारोबार कार्यक्रमा बोल्दै विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले जलविद्युतको क्षेत्रलाई कुनैपनि अवस्थामा उचाईमा पु¥याउने बताए । उनले जलविद्युतको विकास गरी उचाईमा पु¥याउन निजी क्षेत्र अगाडि रहेको बताए ।

अध्यक्ष सिंहले देशमा भएको जलविद्युतको स्रोतलाई प्रयोग गरे मात्रै नेपालको श्रीवृद्धि हुने बताए । उनले विद्युत नियमन आयोगलाई जलविद्युत कम्पनीहरुलाई कर छुट दिने अधिकार नभएको बताए । अध्यक्ष सिंहले विद्युत नियमन आयोगले विद्युत निर्माणमा सहुलियत प्रदान गर्ने कुरामा सहयोग गर्नसक्ने बताए ।

अध्यक्ष सिंहले कुनै स्वार्थमा नलागि काम गर्ने हो भने जलविद्युत क्षेत्रको विकास गर्न सकिने बताइन् । उनले दुई वटा विद्युत कम्पनी मिलेर ठूलो आयोजनाहरु बनाउनसक्ने बताए ।

LIVE TV