२९ श्रावण २०७९, आईतवार

काठमाडौं । लोकप्रिय गायिका अस्मिता अधिकारीको नयाँ गीत ‘ढल्केला ढल्केला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक कमल खत्री र अनिता लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडियोमा लन्डन निवासी चर्चित मोडेल अनिता लिम्बुलाई हट अवतारमा प्रस्तुत गरिएको छ ।

कुशल श्रेष्ठको सिनेमाटोग्राफी, सम्पादन र निर्देशनमा बनेको ‘ढल्केला ढल्केला’को भिडियोलाई मोडेल एवं यही भिडियोकी निमात्री अनिता लिम्बुको युट्युब च्यानल (Anita Limbu) बाट सार्वजनिक गरिएको हो ।

साथै गीतको उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई रु दश हजार पुरस्कार पनि प्रदान गरिने निमात्री लिम्बुले जानकारी दिइन् । जसको लागि भिडियो बनाएर टिकटक एकाउन्ट anitalimbu83 मा इनबक्स गर्नु पर्नेछ ।

लन्डनमा आयोजना हुने अधिकांश र्‍याम्प सोहरुमा विदेशी मोडलहरुसँग मजाले प्रतिस्पर्धा गरेर नेपालीको पहिचान राख्दै थुप्रै उपाधिहरु पनि जितिसकेकी मोडेल अनिता लिम्बुले यसअघि पनि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

LIVE TV