२९ श्रावण २०७९, आईतवार

काठमाडौं । घर–घरमा प्रयोग हुने जोन्सन एन्ड जोन्सन पाउडर अब बन्द हुने भएको छ । अर्को वर्ष २०२३ मा फार्मा कम्पनी जोन्सन एन्ड जोन्सनले आफ्नो ट्याल्क बेस्ड बेबी पाउडरको बिक्री बन्द गर्ने भएको हो । वास्तवमा अमेरिकामा चलिरहेको उपभोक्ता सुरक्षा मुद्दाका कारण कम्पनीले यो ठूलो निर्णय लिनुपरेको हो । अब कम्पनीले बेबी पाउडरलाई विश्वव्यापी पोर्टफोलियोबाट हटाउने छ, अर्थात् यसको बिक्री बन्द गर्ने भएको छ ।

कम्पनीले किन यस्तो निर्णय लिनुप¥यो ?
सार्वजनिक समाचार अनुसार २०२० मा कम्पनीले अमेरिका र क्यानडामा आफ्नो पाउडरको बिक्री बन्द गरेको थियो । वास्तवमा, यस पाउडरमा एस्बेस्टोसको एक प्रकारको हानिकारक फाइबर पाइन्छ, जसले क्यान्सरको खतरा हुनसक्छ । पाठेघरको क्यान्सर भएको भन्दै ३५ हजार महिलाले कम्पनीविरुद्ध मुद्दा दायर गरेका थिए । त्यसयता पाउडरको विषयमा कम्पनीमाथि प्रश्न उठ्न थालेको थियो ।

यो विवादपछि अमेरिकामा यसको माग निकै कम भएको थियो । तर, कम्पनीले बिक्री घट्दै गएको भन्दै सन् २०२० मा अमेरिका र क्यानडामा बेबी पाउडर बेच्न बन्द गरेपनि बजार नबिग्रियोस् भनी बेलायतलगायत विश्वका अन्य देशमा बिक्री गरिरहेको छ ।

कम्पनीलाई १५ हजार करोड रुपैयाँ जरिवाना
सोही आरोपमा अमेरिकी अदालतले कम्पनीलाई १५ हजार करोड रुपैयाँ जरिवाना लगाएको थियो । यस मामलामा अदालतले कम्पनीले बालबालिकाको स्वास्थ्यसँग खेलवाड गरेको बताएको छ । यति मात्र नभई कम्पनीले आफ्ना उत्पादनमा एस्बेस्टोस मिसाएको आरोप लागेको थियो । न्यायाधीशले कम्पनीले गरेको अपराधलाई पैसासँग तुलना गर्न नसकिने पनि आदेशमा भनेका छन् ।

अमेरिकामा पूर्ण प्रतिबन्ध
अमेरिकामा यो विवादपछि यो उत्पादन पूर्ण रुपमा बन्द भएको थियो । यहाँ सन् १८९४ देखि बिक्री हुँदै आएको जोन्सन बेबी पाउडर हरेक घरपरिवारको पहिलो रोजाइ थियो । कम्पनीको आन्तरिक बेबी प्रोडक्ट डिभिजनले सन् १९९९ देखि अमेरिकामा मार्केटिङ प्रतिनिधित्व गर्ने गरेको थियो ।

विज्ञप्ति जारी
यसै क्रममा अब यस विषयमा जोन्सन एन्ड जोन्सन कम्पनीको पनि सार्वजनिक भएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी पोर्टफोलियोको एक हिस्साका रूपमा आफूले व्यावसायिक निर्णय गरेको जनाएको छ । अब सबै मकैको स्टार्च आधारित बेबी पाउडर २०२३ मा विश्वव्यापी रूपमा बन्द गरिनेछ ।

 

LIVE TV