२९ श्रावण २०७९, आईतवार

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले मोन्टपेलिएरलाई ५–२ को गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीललाई सानदार जित दिलाउनको लागि नेयमार जुनियरले दुई गोल गरे भने एमबाप्पे र रेनाटो सान्चेजले समान एक गोल गरे । एक गोल उपहार पाएको थियो । मोन्ट पेलिएरका वावी खाज्री र इन्जो चाटोले गोल फर्काए ।

खेलको ३९औं मिनेटमा फलाए साकोले आत्मघाती गोलमा पीएजीले अग्रता लिएको थियो । ४३औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ५१औं मिनेटमा नेयमारले नै गोल गर्दै पीएसजीलाई ३–० ले अगाडी बढाए ।

५८औं मिनेटमा वावी खाज्रीले गोल गर्दै एक गोल फर्काए । ६९औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजी खेलमा ४–१ ले अघि बढ्यो । ८८औं रेनाटो सान्चेजले गोल गरेपछि पिएसजी खेलमा ५–१ ले अघि बढ्यो ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा इन्जो चाटोले गोल गर्दै खेललाई ५–२ को स्थितिमा ल्याए ।

पीएसजीको यो लगातार दोस्रो जित हो । यसअघि पिएसजीले क्लेरमन्ट फुर्टलाई ५–० को भारी अन्तरले हराएको थियो ।

लगातार दोस्रो जितसँगै पिएसजी ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

LIVE TV