२९ श्रावण २०७९, आईतवार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ । गएराति भएको खेलमा युनाइटेड ब्रेन्टफर्डसँग ४–० गोल अन्तरले पराजित भएको हो ।

खेलको १०औं मिनेटमा जोस डा सिल्भाले गोल गर्दै ब्रेन्टफर्डलाई अग्रता दिलाएका थिए । १८औं मिनेटमा माथिअस जेन्सनले गोल गर्दै ब्रेन्टफर्डको अग्रता दोब्बर पारे ।

३०औं मिनेटमा बेन मीले गोल गर्दै अग्रता ३–० को बनाए । त्यसको ५ मिनेट नबित्दै ब्रेन्टफर्डले ४–० को अग्रता बनायो । दोस्रो हाफमा थप गोल नहुँदा खेल ४–० मै सकियो ।

योसँगै नयाँ सिजनको सुरुवाती दुवै खेलमा हार ेको म्यानचेस्टर युनाइटेड अंक तालिकाको पुछारमा पुगेको छ । पहिलो खेलमा युनाइटेड ब्राइटनसँग २–१ ले पराजित भएको थियो ।

 

LIVE TV