२८ श्रावण २०७९, शनिबार
  • युवराज आचार्य,

झापा । भदौ ३ गतेदेखि दर्शकमाझ प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘माइकल अधिकारी‘को टिमले प्रचार–प्रसारलाई तीब्र पारेको छ ।

प्रचार–प्रसारकै क्रममा यतिबेला कलाकार सहितको निर्माण पक्ष पूर्वको शहर बिर्तामोड, इटहरी र बिराटनगरमा पुगेको छ । कलाकारसहितको टिमले विर्तामोडमा शनिबार पत्रकारसँग भेटघाट गर्दै चलचित्र सम्बन्धी जानकारी गराएको छ ।

उद्धव पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरालगायतको मुख्य अभिनय छ । साथै उक्त चलचित्रमा स्थानीय कलाकारको समेत भूमिका रहेको छ।

श्री कृष्णअष्टमीको अवसर पारेर देशभरका हलहरुमा प्रदर्शनमा आउने चलचित्र ‘माइकल अधिकारी‘ राम्रो बनेको निर्माता निरक पौडेलले बताए । चलचित्र हेर्न जाने दर्शकको रकम खेर नजाने बताउँदै उनले चलचित्र हेर्दा दर्शकले भरपुर मनोरञ्जन लिनेमा आफूहरू ढुक्क रहेको बताए।

करिब एक करोडको लागतमा बनेको चलचित्र झापा र ईलामको बिभिन्न स्थानमा छायाङकन गरिएको छ।

LIVE TV