२८ श्रावण २०७९, शनिबार

काठमाडौं । सन्तोष सेनको निर्माण तथा निर्देशनमा तयार ‘प्रेमगीत–३’को टिजर सार्वजनिक भएको छ । शनिबार नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको ‘प्रेमगीत–३’ को हिन्दी र नेपाली दुवै संस्करणको टिजर रिलिज गरिएको हो ।

फिल्मको सार्वजनिक टिजरमा मुख्य पात्र ‘प्रेम’ प्रदीप खड्काले गीत (अभिनेत्री कृष्टिना गुरुङ’ वा राजगद्दीमध्ये एउटा चुन्नुपर्ने बाध्यतालाई प्रस्तुत गरिएको छ । फिल्मको एक मिनेट लामो टिजरमा प्रेम र रोमान्स कम तथा द्वन्द्वलाई बढी प्राथमिकतामा राखिएको छ ।

नेपाली संस्करण

टिजरमा मुख्य पात्र प्रदीपलाई पर्याप्त स्थान दिइएको छ, भने कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा आदिलाई पनि अटाइएको छ । हिउँले भरिएको मुस्ताङको रमणीय दृश्यले टिजरलाई थप आकर्षक बनाएको छ ।

२३ सेप्टेम्बरबाट नेपाल र भारत दुवै देशमा एकसाथ प्रदर्शन हुने ‘प्रेमगीत–३’लाई स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप खड्का र कृष्टिना गुरुङका साथमा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतमलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको कथा स्व. निर्देशक छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । यसअघि फिल्मका अन्य दुई श्रृङ्खला ‘प्रेम गीत’ र ‘प्रेम गीत–२’ बक्स अफिसमा सफल भइसकेका छन् ।

हिन्दी संस्करण

LIVE TV