२८ श्रावण २०७९, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । बिहान पार्टी कार्यालय सानेपामा बसेको बैठकले चुनावी कार्यविभाजनबारे महत्वपूर्ण निर्णय गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि मनोनयन पत्र बाँड्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको छ । पार्टीका तर्फबाट उक्त निर्वाचनका लागि उठाइने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र देउवाले नै बाँड्नेछन् ।

बैठकले चुनावका लागि निर्वाचन आयोगमा कांग्रेसको दल दर्ता गर्ने जिम्मेवारी भने मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय गरेको छ । पौडेलले कानुन अनुसार आयोगमा दल दर्ता गर्ने र दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मा पाएका छन् ।

सो बैठकले निर्वाचनलाई नै लक्षित गरी भदौ २ गतेदेखि सुरु गर्ने भनिएको राष्ट्रव्यापी अभियानलाई भने केही दिन पछाडि सार्ने निर्णय गरेको छ । भदौ १० गतेदेखि २४ गतेसम्म उक्त अभियान सञ्चालन गरिनेछ ।

LIVE TV