२८ श्रावण २०७९, शनिबार

काठमाडौँ ।  आज देशभरकाे माैसममा सामान्य बदली रहनेछ । माैसम पूर्वानुमान महाशाखाका अनुसार  हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीरही बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

दिउँसो पनि  देशभरिकै माैसम आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन, चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राती पनि देशका पहाडी भू-भागमा सामान्य बदलीरही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको थोरै र प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

वर्षातसँगै बाढी-पहिराेकाे जाेखिम कायमै रहेकाले सतर्क रहन समेत महाशाखाले चेतावनी जारी गरेकाे छ ।

LIVE TV