२७ श्रावण २०७९, शुक्रबार
  • तारा आचार्य

विराटनगर । देहवासन आत्माको सम्झना तथा उनिहरुको आत्मशान्तिका लागि हरेक बर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमी सम्म मनाइने गाइजात्रा पर्व विराटनगरमा पनि भव्यताका साथ मनाइएको छ ।

नेवार समुदायमा वर्ष दिन भित्र देहावसान भएका आफन्तहरुको सम्झनामा सामुहिक गाईजात्रा पर्व मनाइएको छ ।

विराटनगरमा वर्ष दिनभित्र देहावसान भएका २७ जनाको गाईजात्रा निकालिएको हो । झी पुचःबाट गाईको प्रतिकात्मक रुपमा सजिएर गाईको पुच्छर समाती नगर परिक्रमा गर्दा मृतात्माले वैतरणी पार गर्छन् भन्ने धार्मिक मान्यता अनुरुप गाईजात्रा पर्व मनाईदै आएको छ ।

झी पुचः विराटनगरले आयोजना गरेको सो गाईजात्रामा कुमारी कन्या, लाखे नाच र झाँकी सहितको विभिन्न आकृतिमा सजिएका बालबालिका देखि युवाहरुको समुहले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

नेवार समुदायले निकाल्ने सो गाईजात्रा पर्वमा अन्य जातिका मानिसहरुको पनि सहभागिता रहेको थियो ।

LIVE TV