२५ श्रावण २०७९, बुधबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जापान भ्रमण फलदायी भएको बताएका छन् । जापान भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले जापान भ्रमण फलदायी भएको बताएका हुन् ।

अध्यक्ष दाहालले जापानमा रहेका नेपाली तथा त्यहाँका विदेश विभागका अधिकारीहरूसँग आफ्नो समानान्तर रूपमा कुराकानी भएको बताए । साथै उनले जापानमा भएका नेपालीहरू आफ्नो भ्रमणबाट धेरै खुशी भएका पनि बताएका छन् ।

अध्यक्ष दाहालले जापानको संसद् भवनको भ्रमण गरेको प्रचण्डले उल्लेख गर्दै त्यहाँ आफूलाई एक जना सांसदले स्वागत गरेको बताए । उनले भनेका छन्, ‘उहाँले मलाई त्यहाँको संसदीय प्रक्रियाबारे ब्रिफिङ गर्नुभयो । उहाँ जापानका चल्तापुर्जा सांसद हुनुहुँदो रहेछ । चाँडै मन्त्री पनि बन्ने सम्भावना छ भनेर उहाँले नै भन्नुभयो ।’

त्यस्तै उनले आफूले जापानको लिबरल डेमोक्रेटिक पार्टीका पूर्व महासचिवसँग पनि भेटेको प्रचण्डले बताए । जापानी अधिकारीहरूसँगको भेटमा आफूले फोहोर व्यवस्थापनमा सहयोग मागेको उनको भनाइ छ ।

LIVE TV