२५ श्रावण २०७९, बुधबार

काठमाडौं । न्यूज २४ पाँचथर संवाददाता कविन्द्र शेर्मालाई नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले ५० हजारकाे राशि सहित पुरस्कृत गर्ने भएको छ ।

फोनिज शाखा पाँचथरको मंगलबार बसेको बैठकले जिल्लाकै अग्रज पत्रकार शेर्मालाई ‘फोनिज पत्रकारिता पुरस्कार–२०७९’ प्रदान गर्ने निर्णय गरेको हो ।

हरेक वर्ष आदिवासी जनजाति पत्रकारहरुलाई वितरण गर्नेगरी यसै वर्षबाट ५ लाख रुपैयाँको अक्षय कोषसमेत स्थापना भएको फोनिज जिल्ला शाखा अध्यक्ष रामचन्द्र बम्जनले जानकारी दिए ।

शेर्मालाई प्रदान गर्न लागिएको यो पुरस्कार सम्भवत फोनिजले प्रदान गर्ने देशभरकै सबैभन्दा ठूलो राशि भएकाे अध्यक्ष बम्जनले दाबी गरे ।

फोनिजको २३औँ स्थापना दिवसका अवसरमा साउन २७ गते फिदिममा एक कार्यक्रमकाबीच आयोजना गरि पुरस्कार वितरण गरिनेछ ।

फोनिजका संस्थापक अध्यक्षसमेत रहेका शेर्मा पाँचथर मिडिया प्रा.लि.का अध्यक्ष पनि हुन् । शेर्माले पाँचथर जिल्लाको संचार क्षेत्रमा अतुलनीय योगदान गरेका छन्। उनी करिब २ दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

त्यस्तैगरी फोनिज नवोदित प्रोत्साहन पत्रकारिता पुरस्कार स्थानीय संचारकर्मी सुनिता खजुमलाई प्रदान गरिने  अध्यक्ष बम्जनले बताए ।

LIVE TV