२४ श्रावण २०७९, मंगलवार

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएका आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः सञ्चालनमा ल्याएको जनाएको छ । इन्स्टाग्राम, माइफाइभलगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता हो ।

ग्राहकहरूले करसहित मात्र रु. ९७ मा सोमबार (साउन २३) बाट यो सिम लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउने छन् ।

यसका साथै युवाहरुको लागि विशेष प्याक लिने ग्राहकले प्याक सूचारु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा नन्स्टप रुपमा निःशुल्क चलाउन सक्नेछन् । यति मात्र नभई यो प्याक सूचारु गर्ने ग्राहकले ३० दिनसम्म माइफाइभ सेवा पनि निःशुल्क सूचारु गर्न सक्नेछन् । माइफाइभ सेवा अन्तर्गत ग्राहकले कुनै ५ वटा एनसेल नम्बरहरु पेयर गरि ती पाँच माइफाइभ नम्बरहरूमा प्रतिमिनेट मात्र ५० पैसामा कुराकानी गर्न सक्नेछन् ।

यस प्याकको अर्को विशेषता भनेको ग्राहकले सिम सूचारु गरेको २ देखि ६ महिनाको अवधि भित्र रु ५० वा सोभन्दा बढी रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माइफाइभ सेवा पुनः सूचारु हुनेछ । निःशुल्क इन्स्टाग्राम र माइफाइभ सेवा कुल ६ महिना सञ्चालनमा रहने छ ।

ग्राहकले एस्ट्रिक्स१७१६४ह्यास डायल गरी माइफाइभ सेवाअन्तर्गत कुनै पाँच एनसेल नम्बर पेयर गर्न सक्ने र आफ्ना साथीभाई तथा परिवारसँग सुलभ दरमा धेरै भन्दा धेरै कुराकानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसै प्याकअन्तर्गत ग्राहकले मेरो स्कुल, रमाइलो गेम्स् र हङगामा म्यूजिक जस्ता विभिन्न डिजिटल सेवाहरुको ३० दिनसम्म निःशुल्क मजा लिन सक्ने भएका छन् ।

यो सिम लिनका लागि ग्राहकले नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रतिफोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ ।

युवाहरुद्वारा निकै नै रुचाइएको ‘सही यो ! पावर सिम’ स्टार्टर प्याकविशेष र बन्डलिङसहितअझै धेरै सेवा सुविधाका साथ ल्याउन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ ।

LIVE TV