२४ श्रावण २०७९, मंगलवार

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) की सांसद निरुदेवी जैरुले दलित समुदायको नागरिकतामा नाम बिगार्ने सीडीओलाई तत्काल कारबाही गर्नुपर्ने बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधानमा दलितहरूलाई अग्रस्थानमा राख्ने लेखिएकाले राज्यले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताइन् । उनले सभामुखसँग ‘रुलिङ’ गर्न माग गरेकी छन् ।

‘६० लाख दलितको भोटले निर्वाचित हुने हामी सांसदहरूलाई लज्जित भएको छ । नागरिकतामा कुकुर र कुकुर्नी लेख्ने प्रशासकीय अधिकृतहरूलाई गृह मन्त्रालयमा बोलाइयोस् र निलम्बन गरियोस्’, उनले भनिन् ।

LIVE TV