२३ श्रावण २०७९, सोमबार
  • तारा आचार्य

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद जोगाई राख्ने मान्यताका आधारमा संसद विघटन नभएको र संसदको भूमिका निष्क्रिय हुनुपर्ने बताएका छन् ।

सोमबार विराटनगरमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै महासचिव पोखरेलले पटकपटक संसद विघटनको पिडाबाट गुज्रिएका राजनीतिक पाटीहरु भएकाले संसद जोगाउदा संकटबाट जोगिन सकिन्छ भन्ने मान्यता रहेको बताए । उनले निर्वाचन मिति घोषणा भइसकेपछि संसदको क्रियाकलाप जारी राख्नु गलत भएको बताए ।

महासचिव पोखरेलले महाभियोग गलत नियतले ल्याइएको भन्दै राजनैतिक स्वार्थको लागि भएको सामुहिक सौदाबाजीमा प्रधान न्यायाधिस संग संगै प्रधानमंत्री पनि दोषी हुनुपर्ने बताए । उनले महाभियोगको प्रक्रिया शुरु भइसकेकोले यसमा एमालेले सक्रियताका साथ छलफलमा बस्ने बताए ।

महासचिव पोखरेलले अदालत भित्र विकृति र विसंगति रहेकोले यसलाई सुधार गर्नु अहिलेको आवश्यकता भएको बताउँदै अदालतका फैसलाहरु र क्रियाकलापहरु जनताको नजरमा राम्रो नभएको बताए ।

LIVE TV