२२ श्रावण २०७९, आईतवार
  • दान बहादुर बुढा,

मुगु । जिल्लास्थित स्वास्थ्य कार्यालयमा दक्ष जनशक्तिको अभावमा लाखौं मूल्यको स्वास्थ्य सामग्री प्रयोगविहीन भएका छन् । केही समय अगाडि गणतन्त्र कोरिया सरकारले सुविधा सम्पन भवनसहित लाखौं मूल्यका स्वास्थ्य सामग्रीहरु कर्णाली प्रदेश सरकारमार्फत जिल्ला स्वास्थ्य कार्यालय मुगुलाई हस्तान्तरण गरेको थियो ।

कोरिया सरकारले दिएको केही सामग्रीहरु प्रयोगमा आएपनि ल्याब मेशिन, निर्मलीकरण गर्ने मेशिन, कपडा धुने मेशिनलगायतका सामग्रीहरु भने दक्ष जनशक्तिको अभावमा प्रयोगविहीन भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ज्ञानसिंह बुढाले भनेका छन्, ‘गणतन्त्र कोरिया सरकारले मुगु जिल्लालाई ठूलो सहयोग गरेको छ । जिल्ला अस्पताल मुगुलाई सेवा सुविधा सम्पन्न भवन निमार्ण गर्नुका साथै स्वास्थ्य क्षेत्रमा प्रयोग हुने लाखौं मूल्यका उपकरणहरु हरुतान्तरण गरेको छ ।’

उनले थपे, ‘केही सामग्रीहरु प्रयोगमा आएका छन्, भने एनलाईर मेशिल, निर्मलीकरण मेशिन, कपडा धुने मेशिनहरु भने दक्ष कर्मचारी नहुँदा सञ्चालनमा ठूलो समस्या भएको हो । अर्कोतर्फ पानी र विद्युुतको समस्याले गर्दा पनि प्रयोगमा आउन नसकेको हो ।’

उक्त उपकरणहरुको सञ्चालनका लागि सरोकारवाला सबैसँग छलफल गरिएको बताइएको छ । अबको एक साताभित्र (दक्ष) ब्यक्ति अर्थात् वायो मेडिकल इन्जीनियर आउने र सबै सामग्रीहरुको चेकजाँच गरी सञ्चालनमा ल्याइने बताइएको छ ।

LIVE TV