२२ श्रावण २०७९, आईतवार

गुल्मी । प्रहरीले महिलालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका–६ की ३२ बर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा सोही मालिका  गाउँपालिका–७ घमिर शिलादीका १९ बर्षीय रामबहादुर सुनार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी माधवराज खरेलका अनुसार साउन २० गते मालिका गाउँपालिका–६ को कुमाल पँधेरा भन्ने स्थानमा मानसिक सन्तुलन ठीक नभएकी उक्त महिलालाई सुनारले बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

अहिले घटनाबारे थप अनुसन्धार भइरहेको प्रहरीले जनाएको छ ।

LIVE TV