२२ श्रावण २०७९, आईतवार

काठमाडौं । नेपाल–ब्राजिल उद्योग वाणिज्य संघको अध्यक्षमा अखिलकुमार चापागाईं पुनः दोहोरिएका छन् । शनिबार (हिजो) काठमाडौंमा सम्पन्न संघको ८औं वार्षिक साधारणसभामार्फत् व्यवसायी चापागाईं अध्यक्षमा पुनः निर्वाचित भएका हुन् ।

त्यस्तै, संघको उपाध्यक्षमा चेङ्ग अग्रवाल र विक्रम राई तथा महासचिवमा उमेश रायमाझी र सचिवमा ज्योत्सना श्रेष्ठ निर्वाचित भएका छन् । यता कोषाध्यक्षमा भने निरज तिमिल्सिना निर्वाचित भएका छन् ।

यसका साथै संघको कार्यसमिति सदस्यहरुमा प्रदीप रुंगटा, राकेशकुमार श्रेष्ठ, लवराम दाहाल, प्रेम पाण्डे, जया शिवाकोटी, भरत आचार्य र शिवहरि दंगाल निर्वाचित भएका छन् । संघको सल्लाहकारमा भने निवर्तमान उपाध्यक्ष विनय उपाध्याय चयन भएका छन् । त्यस्तै संघको अध्यक्ष चापागाईंले अम्बिका शर्मा लामिछानेलाई सदस्यमा मनोनित गरेका छन् ।

नेपाल र ब्राजीलबीच द्विपक्षीय व्यापार अभिबृद्धि तथा आर्थिक सम्बन्ध विस्तारका लागि संघले प्रभावकारी भूमिका निर्वाह गरिरहेको अध्यक्ष चापागाईंले बताएका छन् । गत आर्थिक वर्षमा नेपालबाट ४ लाख २७ हजार डलर बराबरको सामग्री ब्राजिल निकासी भएको अध्यक्ष चापागाईंको भनाइ छ । उनका अनुसार ब्राजिलबाट ६ करोड १० लाख डलर बराबरको वस्तु तथा सेवा आयात भएको छ ।

अहिले नेपाल ब्राजिलसँग ठूलो व्यापारघाटामा रहेको बताउँदै अध्यक्ष चापागाईंले नेपालबाट ब्राजिलमा निकासीको ठूलो सम्भावना देखेका र आगामी दिनमा निकासी बढाउनेतर्फ आफ्नो कार्यक्रम केन्द्रित हुने बताए ।

LIVE TV