२१ श्रावण २०७९, शनिबार

काठमाडौं । साफ यु–२० को उपाधि उपाधि फेरि भारतले जितेको छ । शुक्रबार साँझ भारतकै भुवनेश्वरमा भएको फाइनल खेलमा बंगलादेशलाई ५–२ गोल अन्तरले पराजित गर्दै भारतले फेरि उपाधि कब्जा गरेको हो ।

भारतले अघिल्लो पटकको साफ यु–२० च्याम्पियन पनि जितेको थियो । भारतले खेलको सुरुवातमै पेनाल्टी मार्फत गोल गर्न सफल भएको थियो ।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारित ९० मिनेटको समयसम्ममा २–२ को बराबरी भएको थियो । त्यसपछि थपिएको समयमा भारतले ३ गोल थपेपछि बंगलादेश स्तब्ध बनेको थियो ।

LIVE TV