२१ श्रावण २०७९, शनिबार

काठमाडाैँ । नेपालको कम्युनिष्ट इतिहासको सेरोफेरोमा रहेर लेखिएको पुस्तक ‘नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एकतादेखि विभाजनसम्म’ डा ढाकाराम सापकोटाद्वारा लिखित पुस्तक काठमाडौंमा लोकापर्ण भयो । नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा लोकार्पण भयो । उक्त पुस्तक माथि समिक्षकद्वय डा बेदुराम भुषाल र प्रा.डा इन्दु आचार्यले समिक्षात्मक टिप्पणी गर्नु भएको थियो ।

किताव माथी समिक्षा गर्दै प्रा.डा आचार्यले पुस्तकमा समावेश दस्तावेजको हिसावले सारै उपयोगी र पठन योग्य रहेको बताउनु भयो । यसै गरी डा. भूसालले एकताका सन्दर्भ, एकता पछि भएका निर्णय, पार्टीभित्रका विवाद र त्यसपछि भएका दस्तावेज पुस्तकमा सङ्ग्रह गरिनु नै महत्वपूर्ण रहेको बताउनु भयो । लेखक डा. सापकोटाले आपूmले पुस्तकमा सत्यतथ्य स्रोतमा आधारित भएर लेखेको जानकारी दिंदै दस्तावेज संलग्न गर्दा परेको कठिनाई बारेमा बताउनु भयो ।

शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको अध्यक्षतामा सञ्चालीत कार्यक्रममा इतिहास र राजनैतिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिती रहेको थियो ।

२८ वटा परिशिष्टसहित ४६८ पेज रहेको पुस्तकको मूल्य ६२५/– राखिएको छ । यस पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो ।

LIVE TV