२० श्रावण २०७९, शुक्रबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको बताएका छन् । शुक्रबार एमालेको उपत्यका विशेष प्रदेश कमिटी रणनीतिक कार्यशाला गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले गठबन्धनका नेताहरूको व्यक्तिगत स्वार्थ मात्र रहेको बताए । यसका साथै उनले पाँच वर्ष यस गठबन्धनले सरकार चलाएमा देश ध्वस्त हुने आरोपसमेत लगाएका छन् । उनले भनेका छन्, ‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव ।’

उनले थपे, ‘प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं । उनको जिन्दगी छट्पटीमै बित्छ । करबते बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन ।’

त्यस्तै अहिलेको सरकार कानून नभएको शासन जस्तो देखिएको उनको बताए । इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको पनि अध्यक्ष ओलीको दाबी छ ।

तस्वीर : महेश्वर के.सी.,

LIVE TV