१८ श्रावण २०७९, बुधबार

काठमाडौं । शेयरबजार परिसूचक नेप्से बुधबार ६.७१ अंकल गिरावट आएको छ । लगातार रुपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचक मंगलबारदेखि सामान्य करेक्शन आएको हो । बुधबार नेप्से सूचक ६.७१ अंकले घटेर २१८६.७७ विन्दूमा झरेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६४ अंकले घटेको छ भने फ्लोटइण्डेक्स ०.९ अंक छ, तर सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६ अंकले घटेको छ । बुधबार कारोबारमा आएका २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार कारोबार रकममा भने केही सुधार देखिएको छ मंगलबार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेका १३ उपसमूह मध्ये ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ९ वटा उपसमूहको परिसूचक नकारात्मक देखिएको छ । जसमा व्यापार उपसमूहको सूचक ३.८१ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक १.६४ प्रतिशतले बढेको छ ।

नेप्से परिसूचक गिरावट भए पनि बुधवार सामलिङ्ग पावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ भने बलेफि हाइड्रोपावरको ९.९७ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ८.९६ प्रतिशत र समृद्धि फाइनान्सको ८.७६ प्रतिशत बढेको छ । तर यता स्ट्यान्डर्ड चाटर्ड बैंकको शेयरमूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले घटेको छ ।

त्यस्तै, गुडविल फाइनान्सको ३.४३ प्रतिशत र बोटलर्स नेपालको ३.३८ प्रतिशतले घटेको छ । बुधबार शिवम सिमेन्टको सबैभन्दा धेरै २५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावरको १५ करोड १७ लाख रुपैयाँ बराबारकोे शेयर कारोबार भएको छ ।

 

LIVE TV