१८ श्रावण २०७९, बुधबार

रुकुम ।  रुकुमपूर्वको भूमे गाउँपालिका–३ दोमैमा पहिरो झर्दा अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग आज बिहानबाट सञ्चालनमा आएको छ ।

मङ्गलबार साँझ सडक माथिबाट पहिरो खस्दा आवागमन बन्द भएको थियो । सडकमा झरेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालन आएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

काठमाडौँ, पोखरा, बागलुङबाट आएका सवारीसाधन काँक्री र खावाङमा थुनिएका थिए भने रुकुम पश्चिमबाट आएका सवारी रुकुमकोटमै थन्किएका थिए ।

सडक पुनः सञ्चालन भएसँगै सवारीसाधन गन्तव्यतिर लागेका छन् ।

LIVE TV