
काठमाडौं । सुनचाँदी बजारमा आज पहेँलो धातु सुनको मूल्य प्रतितोला दुई सय रुपैँयाले बढेको छ ।
सोमबार प्रतितोला ९५ हजार ४ सय रुपैँयामा कारोबार भएको पहेँलो धातु आज प्रतितोला २०० ले बढेको हो । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार ६ सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार १ सय कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ ।