१७ श्रावण २०७९, मंगलवार
  • युवराज आचार्य

झापा। झापाको मेचीनगर नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को बजेट पुस्तिका सार्वजनिक गरेको छ ।

सोमबार नगरपालिकाको दोस्रो नगर सभाको दोस्रो बैठकमा बहुमतले पारित गरेको चालु आर्थिक बर्षको बजेट पुस्तिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना उप्रेतीले हुन् ।

असार १० गते बसेको दोस्रो नगरसभाको पहिलो बैठकमा नगरकी उपप्रमुख मीना उप्रेतीले प्रस्तुत गरेको आव २०७९/०८० को बजेट असार २३ गते बसेको दोस्रो बैठकले संशोधनसहित अनुमोदन गरेको थियो ।

बजेट पास भएको २४ दिनपछि नगरपालिकाले पुस्तिका छपाएर सार्वजनिक गरेको हो । सो अवसरमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

नगरप्रमुख बुढाथोकीले आम नगरबासीले बजेट बारे थाहा पाउन् भनेर पुस्तिका सार्वजनिक गरिएको बताए ।

नगरपालिकाले आव २०७९/०८० का लागि १ अर्ब ४८ करोड ४३ लाख ६६ हजार ४५८ रुपैयाँ ३४ पैसा बराबरको बजेट अनुमोदन गरेको छ ।

LIVE TV